आज :

मधेश प्रदेशका पूर्व प्रमुख झा पक्राउ

  • अनलाइन डबली

जनकपुर । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो । सो अनुमतिका आधारमा पूर्वप्रदेश प्रमुख झालाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको हो ।

चैत २५ गते उनीविरुद्ध जिल्ला अदालतबाट पुर्जी जारी भएको थियो । पूर्वप्रदेश प्रमुख झा २०७७ फागुन ७ गते मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । फौजदारी कसुरमा काठमाण्डु जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो ।

सो घटना २०८१ जेठ ४ गते भएको थियो । युवतीका अनुसार पूर्वप्रदेश प्रमुख झाले कोठामा कोही नभएको बेलामा पटकपटक बलात्कार गरेका थिए । उक्त घटनापछि पनि कसैलाई बताएपछि मार्ने समेतको धम्की दिएको पीडित युवतीको भनाइ छ । पीडित युवतीले जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले लामो समयसम्म आलटाल गर्दै आएका थिए ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal