आज :

रुसद्वारा लगातार युक्रेनमाथि हमला, बार्ताको लागि जेलेन्स्कीको गुहार

  • अनलाइन डबली

काठमाडौँ । रुसले पछिल्ला दिनहरुमा युक्रेनमाथि लगातार हमला जारी राखेको छ । शुक्रबार र शनिबार युक्रेनका सैन्य अखडाहरुमाथि रुसी सेनाले हवाई हमला गरेको हो ।

रुसको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो प्रेस ब्रिफिङ्गमा आफ्नो सेनाले पछिल्लो २४ घण्टामा धेरै मोर्चाहरूमा आक्रमण गरेको जनाएको छ । युक्रेनी सैन्य भर्ती केन्द्रहरू, सैन्य हवाई अड्डा पूर्वाधारहरू र उड्डयन मर्मत प्लान्टहरूलाई लक्षित गर्दै आक्रमण गरेको रुसको बताएको छ ।

युक्रेनले प्रहार गरेको ३४९ ड्रोनहरु र ६ वटा हवाई बमहरु आफ्नो वायु रक्षा प्रणालीले नष्ट गरेको रुसी रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

रुसले हमला जारी राखेको पुष्टि गर्दै युक्रेनको सशस्त्र बलको जनरल स्टाफले शनिबार दिउँसोसम्म फ्रन्टलाइनमा ३८ झडपहरू भएको उल्लेख गर्दै पोकरोभस्कमा तीव्र लडाईं भइरहेको जानकारी दिएका छन् ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँग नयाँ बार्ताको लागि प्रस्ताव गरेका छन् । गत महिनादेखि रुस र युक्रेनबिचको वार्ता रोकिएकै समयमा जेलेन्स्कीले पुनः वार्तामा जोड दिएका हुन् ।

युक्रेनी वरिष्ठ सुरक्षा अधिकारी रुस्तम उमरोभले अर्काे हप्ता रुसी पक्षलाई भेट्ने प्रस्ताव गरेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । युद्धविरामको लागि हरसम्भव प्रयास गर्नुपर्ने पनि उनले बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ हतियार दिनेपछि उत्साहित भएका जेलेन्स्की रुसले पछिल्ला दिनमा गरेका हवाई र स्थल हमलाबाट वार्ताको गुहार गर्ने ठाउँमा पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal