
काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज जारी छ ।
शुक्रबारबाट सुरु भएको बैठकमा पार्टी विधान महाधिवेशन, समसामयिक राजनीतिक परिस्थितिमा छलफल गर्ने कार्यसूची रहेको नेताहरुले बताएका छन् ।
हिजोको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विधायनको सम्बन्धमा उठेका विभिन्न प्रश्नहरुको सम्बन्धमा विस्तारपूर्वक जानकारी दिएका थिए ।
एमाले अध्यक्ष ओलीको चाहनाअनुसार यसअघि बसेको सचिवालय बैठकले १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गर्ने प्रस्ताव पारित गरेको थियो ।
त्यसैगरी एमालेभित्र र बाहिर चर्चा र चासोको विषय बनेको ७० वर्षको उमेरहद र २ कार्यकालभन्दा बढी कार्यकारीमा नरहने भन्ने पूर्वव्यवस्था पनि सचिवालयले हटाएको थियो ।
यो व्यवस्था हटाउने अध्यक्ष ओलीले प्रस्ताव अगाडि सार्न लगाएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवालीलगायतका नेताहरुले विरोध जनाएका थिए । वरिष्ठ उपाध्यक्षको विरोध रहँदा समेत सो प्रस्ताव बहुमतबाट पारित गरिएको थियो ।
शुक्रबार बसेको पोलिटब्युरो बैठकमा नेताहरुले विधान संशोधन प्रस्तावमाथि आआफ्ना धारणा राखेका थिए । उपाध्यक्ष विष्णु पौडेलले बैठक पेस गर्दै सचिवालयको बैठकले सर्वसम्मत ढंगले पारित गरेको र कसैको कुनै फरक मत नरहेको जानकारी गराएका थिए ।
पौडेलले सचिवालय बैठकमा विरोध गर्ने नेताहरुकै अगाडि ढाटेपनि कसैले त्यसबारे पदाधिकारीले बोलेनन् । तर, स्थायी समिति सदस्य कर्ण थापाले भने आफ्ना कुरा राखे । उनले विधान फरकफरक छपाईका विषयमा कुरा उठाएको एक नेताले बताए ।
जवाफमा ओलीले दुबै विधान मागेका थिए । तर, थापाले घरमा भएको र भोलि ल्याउने बताए । विधानको कुरा देश विदेशमा उठाएको भन्दै ओली झोक्किए ।
एक नेताका अनुसार थापाले आफूले कुरा उठाइराख्ने भन्दै आफूलाई के कारवाही हुन्छ ? भन्दै ओलीसँग सोधेका थिए ।
जवाफमा ओलीले चेतावनीको भाषामा आज थाहा बताएका थिए । एक नेताले भने, ‘जिलो अध्यक्षज्यूको जुन मुडमा हुनुहुन्थ्यो त्यो आजसम्म रहे कर्ण कमरेडलाई कारवाहीको प्रस्ताव आउन सक्छ ।’