आज :

घुस काण्डमा मुछिएका मन्त्री गुप्ताको राजीनामा, जसपालाई सरकारमा ल्याउने तयारी

  • अनलाइन डबली

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसम्म राजीनामा बुझाएका छन् ।

मंगलबार घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत आफूमाथि लागेका आरोप अनुसन्धानमा सहयोग पुगोस् भनी राजीनामा दिएको जानकारी दिएका छन् । उनले कहिले काही नखाएको विष पनि लाग्ने भन्दै अहिले आफू त्यसैको शिकार भएको बताएका छन्

उनले लेखेका छन्,‘बिगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहीँ नखाएको बिष पनि लाग्दो रहेछ । म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु । प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निस्ठाको साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’

यसैबीच सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी पटकपटक दिँदै आएको जसपा नेपाललाई सरकारमा ल्याउने गृहकार्य सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्ताले राजिनामा दिएसँगै जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल घनिभूत पारेको बताइएको छ ।

जसपाको कार्यकारिणी समितिले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्न संसदीय दललाई निर्देशन समेत दिएको थियो । सोहीअनुसार जसपाका नेताहरुले साउन लाग्नेवित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता लिने सार्वजनिकरुपमा बोल्दै आएका थिए ।

तर, अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको निर्देशनअनुसार संसदीय दलको बैठक बोलाएनन् । बरु सरकारमा सहभागी हुने सुरसारमा रहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal