आज :

जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन आज फिर्ता लिदै

  • अनलाइन डबली

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले आज  संसदीय दलको बैठक बोलाएको छ, भने  सरकारलाई दिएको समर्थन फिर्ता लिनको लागि औपचारिक निर्णय लिन लागेको हो ।

जसपा नेपालले यसअघि नै कार्यकारिणी समितिको बैठकमार्फत सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको छ। तर, यसको औपचारिक निर्णय लिनको लागि संसदीय दललाई निर्देश गरेको थियो । सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टीले भने सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपा अहिले संसद्मा विपक्षी रो’ मा बस्न थालेको छ ।

जसपा नेपालले ओली सरकारलाई समर्थन गरेको भएपनि प्रदेशदेखि संघीय सरकारमा सहभागिता जनाएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal