आज :

माओवादीले भन्यो- निजामति विधेयकमा गरिएको किर्ते गम्भीर अपराध हो, सभापतिले राजिनामा दिनुपर्छ

  • अनलाइन डबली

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले संघीय निजामती विधेयकमा भएको किर्ते नियतबस भएको भन्दै विरोध जनाएको छ ।

राज्य व्यवस्था समितिका सदस्य र अन्य सांसदहरूले मंगलवार सभामुख देवराज घिमिरेसँग गरेको भेटमा माओवादीले विधेयकमा भएको छेडखानीबारे पहिला छानबिन गर्नुपर्ने माग गरेको हो ।

सभामुखसँगको छलफलपछि माओवादी उपमहासचिव जनार्दन शर्माले विधेयकमा गरिएको किर्ते नियतबस भएकोले यसको छानबिन गर्नुपर्ने बताएका हुन् ।

‘राज्य व्यवस्था समितिले एकथरी विषय पारित गरेर अर्कोथरी प्रतिवेदन बनायो । यसमा सरासरी र नियतबस गलत काम भएको छ । सभापतिले मेरो जानकारीबिना भयो भन्नुभएको छ सचिवले स्वाभाविक भयो भन्नुभएको छ’ शर्माले भने, ‘संसद्को उपहास गर्ने जुन षड्यन्त्र गरियो, यसको छानबिन हुनुपर्छ । सचिव, सभापति या समितिले जिम्मेवारी लिनुपर्छ ।’

त्यसैगरी माओवादी केन्द्रका सांसद माधव सापकोटाले निजामती विधेयकमा गरिएको ‘छेडखानी’ संसदमाथिको गम्भीर अपराध भएकाले सामान्य रूपमा लिन नसकिने बताए ।

सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यसमा जानाजानी राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा पनि संलग्न भए किर्ते जालसाजी भएको टिप्पणी गरे।

‘उहाँको संलग्नता छ भने कानुनी हिसाबले पनि गम्भीर कुरा हो। उहाँको संलग्नता छैन भने नैतिक रूपमा उहाँले हस्ताक्षर गरेको भन्दा बाहिरको कुरा कहाँबाट आउँछ ? त्यसैले समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ’ सापकोटाले भने ।

समितिको कांग्रेस सांसद रामहरि खतिवडाले नेतृत्व गरिरहेका छन् । सभापति खतिवडाको राजीनामापछि उच्चस्तरीय तथा संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संलग्नलाई कारवाही गर्नुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal