
गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएका छन्।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको सर्वोच्चअदालतको संवैधानिक इजलासले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका उनी सांसद पदका लागि उम्मेदवार बन्न नै अयोग्य रहेको ठहर गर्दै बुधबार उनलाई पदमुक्त गर्ने फैसला सुनाएको हो।
फौजदारी अभियोगमा दोषी ठहर भई कैद सजाय भोगिरहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने कानुनी व्यवस्था रहेको भन्दै अधिवक्ता वीरेन्द्रराज कार्कीले उनको सांसद पद खारेजीको माग गर्दै रिट दायर गरेका थिए।