आज :

लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको पेसी आज

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको पेसी तोकिएको छ । लामिछाने र पूर्व डीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराइसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर अन्य दुई रिटमाथि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको हो ।

वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले दाएर गरेको लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन यस अगाडी पनि यसै न्यायाधीशसहितको इजलासमा परेको थियो ।  तर उनको निवेदन न्यायाधीश पोखरेलले हेर्न नमिल्ने भन्दै सुनुवाइ गरिरहेका छैनन् ।  यद्यपि आज पनि उक्त मुद्दा ‘हेर्न नमिल्ने’ मा जाने पक्का भएको छ । इजलास तोकिएका न्यायाधीश पोखरेल अधिवक्ता हुँदा लामिछानेका तर्फबाट विभिन्न मुद्दामा बहस गरेकाले यसअघि पनि उक्त रिट हेर्न नमिल्नेमा गएको थियो ।

सोही दिन लामिछाने र जोशीको तर्फबाट सहकारी प्रकरणमा अन्य दुई रिट पनि दर्ता भएका थिए । वैशाख ८ गते उक्त रिट हेर्न नमिल्ने भएकोमा वैशाख ९ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । त्यसयता यसअघि तीनपटक पेसी तोकिएकोमा तीनै पटक हेर्न नमिल्ने भएको थियो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal