आज :

बुद्धजयन्ती : थेरवादी ,महायानी र बज्रयानी समुदायद्धारा छुट्टाछुट्टै समयपारी वर्षको तीन पल्ट बुद्धजयन्ती मनाईन्छ

  • पदम श्रेष्ठ

२५६९ औं बुद्ध जयन्ति तथा त्रिसंयोग दिवस विश्वभर विविध धार्मिक तथा शान्ति सन्देशको कामनागर्दै मनाईएकोछ । प्रत्येक वर्ष बैशाख शुक्ल पुर्णिमाको दिन भगवान बुद्धको जन्म ,संवोधी र महापरिनिर्वाणको त्रिसंयोग परेको दिनका रुपमा बुद्ध जयन्ति मनाईन्छ । तर नेपालमा विभिन्न सम्प्रदाय ,समय र तरिकाबाट वर्षको तीन पल्ट बुद्ध जयन्ति मनाईन्छ । कारण अनुसन्धानकै भएपनि नेपालको काठमाडौं उपत्यकामा चैत पूर्णिमालाई ल्हुती पून्ही, ज्येष्ठ पूर्णिमालाई नम्रा पून्ही र वैशाख पूर्णिमालाई स्वायाँ पून्ही ज्येष्ठ पूर्णिमालाई पुन्हिका नाउँमा तीनपल्ट बुद्धजयन्ती मनाइन्छ  । उपत्यकामा थेरवादी ,महायानी र बज्रयानी समुदायद्धारा छुट्टाछुट्टै समयपारी मनाईने बुद्धजयन्ती ५० वर्ष अगाडिदेखि मात्र अमेरीकाबाट घोषणा भएको बताईन्छ  ।
वैशाख पूर्णिमालाई बुद्धजयन्तीका रुपमा मनाउने परम्परा श्रीलङ्का, थाइल्यान्ड, बर्मालगायतका थेरवादी देशको पात्रोअनुरूप नेपालमा भित्रिएको जे.जि.ओ. नेपालका बौद्ध गुरु राजेन्द्रमान बज्राचार्य बताउनु हुन्छ  । विश्वमा प्रथम बुद्ध दिपङकरदेखि सिद्धार्थ बुद्धसम्म २८ जना बुद्धहरु अस्तित्वमा भैसकेका छन् ती बुद्धहरु मध्ये बज्रयानी परम्परानुसारको बुद्ध जयन्ती चैत्र महिनामा पर्ने ल्हुति पुर्णीमाँ अर्थात बालाजुको बाईसधारा नुहाउने मेलाको दिन मानिन्छ भने महायानीहरु जेष्ठ महिनामा पर्ने नम्रा पुन्हि अर्थात काभ्रेको नमोबुद्धमा मेला आदि भर्दै महायानी गुम्वाहरुमा मनाईन्छ । तर महायानी ,बज्रयानी र थेरबादी जुनसुकै सम्प्रदाय भएपनि सबै बुद्धहरुको सन्देश भने एकै हो , शान्ति अहिन्सा र सदाचार ।
पृथ्वीमा प्रचलित अस्तित्वमा रहेका सबै धर्मले सृष्टिका बारे भगवानलाई जिम्मा लगाएको पाईन्छ अर्थात यो ब्रह्माण्डको श्रृष्टि भगवानले गरेका हुन भनिएका छन् तर भगवान बुद्धले मात्र संसारको सृष्टि हेतु हेतुबाट अणु अणुबाट भएको हो ,कुनैपनि अदृश्य शक्तिले बनाईदिएको होईन ‘..भनि बैज्ञानिक सन्देश प्रवाह भएको पाईन्छ । त्यसैले बुद्ध भनेको जिवन र जगतको बारे पारङगत हुने एक बैज्ञानिक आधारित सन्देश प्रवाह गर्नुहुने दार्शनिक भएको बताईन्छ ।

बुद्धत्व मार्गले सृष्टि पञ्चतत्वबाट भएको विश्वास गर्दछ
पञ्चतत्व (आकाश, वायु, अग्नि, जल र पृथ्वी ) लाई हामी सुनेर, सुँघेर, स्वाद लिएर, देखेर र अनुभव स्पर्शद्वारा अनुभूति गर्न सक्छौं । पञ्चतत्वकै भोग इच्छाका कारण पाँच अंग नाक, कान, आँखा, छाला र शरीर उत्पति भएको मानिन्छ । शरीरका प्वाल सवै आकाशको प्रतिक हो भने स्वर प्राण वायु, ताप अग्नि हो । त्यस्तै रगत–पसिना भन्नाले पानी र हाड, मासु, नसा पृथ्वीको प्रतिकृति हो । शब्द, स्पर्श, रूप, रस र गन्धलाई पञ्चगुण मानिन्छ । यसरी हेर्दै जाँदा आकाश शून्यतामा उत्पन्न हुन्छ । अकाशमा वायु उत्पन्न हुन्छ । वायुले अग्नि, ताप र अग्निको कारण जल सृष्टि भयो । यी सबैको संयोजनबाट पृथ्वी र पृथ्वीका प्राणी सिर्जना भए । जसलाई बौद्धवादीहरु शून्यताबाट ब्रह्माण्डको सृष्टि भएको मान्दछन् । जुन सत्यलाइ नेपालको कपिलवस्तु तिलौराकोट राजदरवार रहेको बेला इ.पू. ५२३ मा नेपालको लुम्बिनीमा जन्मनुभएका गौतम बुद्धले बुद्धत्व प्राप्तिपछि विश्वसामु उजागर गर्नुभएको हो । यहि सत्यलाई यसरीपनि व्याख्या गर्न सकिन्छ , पृथ्वी जलमा मिल्छ । जल अग्निले सुकाउँछ । अग्निलाई वायुले निभाउँछ र वायु आकाशमा हराउँछ । यसरी शून्यताबाट सिर्जित सृष्टि शून्यतामा नै बिलाएर जाने हुँदा बुद्ध शून्यवादमा आधारित वैज्ञानिक धर्म हो पनि भनिन्छ । बौद्ध गुरूहरू बुद्धधर्मलाई परनिर्भरता विरुद्धको शान्तिपूर्ण आन्दोलन भन्दै जुन दुःख मुक्तिको उपाय भन्न रुचाउछन् ।
बुद्धलाई बुझ्न संसारमा सबै प्राणी दुःखी छन् । दुःख उत्पन्नको कारण हुन्छ ।
जस्तोसुकै दुःखबाट मुक्त हुन सकिन्छ र दुःख मुक्तिको उपाय आर्य अष्टाङ्गिक मार्ग हो ।
माथि चार सत्यलाई चतुर्आर्य सत्य भनिन्छ र चतुर्आर्य सत्यलाई बुझिसकेपछि
जन्मनु दुःख हो, वृद्ध जराहुँदै जानु दुःख हो र
रोगव्याधिले थला परी मृत्यु हुनु पनि दुःख हो भनी बुझिन्छ ।
दुःखको मूल कारण काम, क्रोध लोभ, मोह र अहङ्कार अर्थात् तृष्णा हो ।
भगवान् बुद्धले दुःख मुक्तिको उपाय आर्य अष्टाङ्गिक मार्ग भएको स्पष्ट पार्नुभएको छ । अन्य धर्ममा दुःख मुक्ति ईश्वर भक्तिलाई छाडेको पाइन्छ ।
तर बुद्धले धनी, गरिब, बलियो, निर्धो सबैलाई समान देख्ने सम्यक दृष्टि ।
सबैसँग मीठो बोल्ने ,सम्यक बचन ।
यसरी जीवन र जगत्बारे वैज्ञानिक, आत्मिक जागरण ल्याउनुहुने भगवान् बुद्धको जन्म, सम्बोधीलाभ र महापरिनिर्वाण दिवस अर्थात बुद्धजयन्ती विश्वभर विविध कार्यक्रमका साथ मनाईयो । यस दिन संयुक्त राष्ट्रसंघका पुर्वमहासचिव उ थान्तको कार्यकालमा विश्वभर बुद्धजयन्तीका दिन बिदाको घोषणा गरिएको थियो । यहि दिनको स्मरणमा भगवान बुद्धको जन्मस्थल लुम्विनी ,काठमाडौं उपत्यका भित्र स्वयम्भु ,बौद्ध महाचैत्य , काभ्रेको नमोबुद्धलगायतका बौद्धसम्पदास्थलहरुमा नेपाल सरकारकै प्रधानमन्त्रीदेखि मन्त्री ,राजदुत ,कुटनितिक निकायका प्रमुखहरुदेखि लव्धप्रतिष्ठीत ब्यक्तित्वहरुको सहभागितामा बुद्ध जयन्ति मनाईयो भने स्थानियस्तरमा स्थानिय स्तरबाटपनि जनसहभागितामा बुद्ध वचनप्रति आत्मसाथ गर्दै बुद्ध जयन्ति मनाउने परम्परा ब्यापक बन्दै जान थालेको पाईन्छ । यसै सिलसिलामा २५६९ औं बुद्ध जयन्तिका अवसरमा काठमाडौं महानगरपलिका वडा नं.२ लाजिम्पाटस्थित झिगु मङका खलःले बुद्ध खट जात्रालाई पुर्नजागृत गरेको स्थानिय सास्कृतिक अभियन्ता प्रविण श्रेष्ठले जानकारी गराउनुभयो । बुद्ध खट जात्रमा परम्परागत हाकुपटासी ,डौरा सुरुवाल सहितको भेषमा धिमेय् तथा वासुरी वाजाको तालमा नगरपरिक्रमा भएको थियो । वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ ,स्थानिय समाजसेवी तथा सञ्चार सल्लाहकार जि.एन. दाई , गोपाल श्रेष्ठलगायतको सहभागिता रहेको थियो भने बुद्ध खट यात्रापछि पुनः पुजास्थलमा पुगि खिर पुरी तरकारी प्रसाद वितरण गरिएको थियो । यसैगरी फर्पिङ दक्षिणकाली , साँखु ,काठमाडौंको काठे सिम्वुस्थित धर्मकिर्ति विहार , टेवालस्थित चैत्यस्थल ,पाटन भक्तपुरलगायत सयौं बौद्धस्थलहरुमा र्याली ,धर्मदेशना ,प्रवचन ,दान र खिर भोजन वितरणगरी बुद्ध जयन्ति भव्य मनाईएका थिए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal