
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जनमत पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी कारागार चलान गरिएको विषयमा बिहीवारको प्रतिनिधि सभाको बैठकमा सदनमा उपस्थित भएर जवाफ दिने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसदहरूले पार्टीका संरक्षक रेशम चौधरीलाई विना कारण पक्राउ गरी कारागार चलान गरिएको विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गर्दै सरकारले स्पष्ट जवाफ नदिएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताए पछी सभामुख घिमिरेले यस बिषयमा गृहमन्त्री लेखकले जवाफ दिने जानकारीपछि आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीका संसद लालबिर चौधरीले सोमबार प्रतिनिधि सभाको बिशेष सभामा बोल्दै पार्टीका नेता रेशम चौधरीलाइ अपहरणको शालिमा पक्राउ गरिएको बारे सरकार संग जवाब माग गरका थिए । सांसद चौधरीले रेसंलाई फर्जी गरेर पक्राउ गराउने व्यक्तिलाई कारवाहीमा ल्याउने बिषयमा सरकारले कुनै कदम नचालेको र तत्कालै सरकारले जवाब नदिए आफुहरु सकारबाट बाहिरिएर बिरोधमा उत्रिने समेत चेतावनी दिएका थिए ।
गएको १७ गते नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा प्रतिष्ठान भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए । तर सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको पाइएपछि उहाँ ५ घण्टा डिल्लीबजार कारागार बसेर छुटेको थियो ।
यस अघि सम्बन्धित समाचार –
सर्वोच्चमै गडबडीः रेशम चौधरी छुट्दै, नागरिक उन्मुक्ति ओली सरकारबाट बाहिरिँदै https://onlinedabali.com/archives/103819