आज :

चीन-अमेरिकाकाे व्यपार युद्ध उत्कर्षमा: चीनले राेक्याे भटमास बोकेको अमेरिकाकाे कार्गो जहाज

  • अनलाइन डबली

काठमाडाैँ । चीन र अमेरिकाबिचको ब्यापार युद्ध उत्कर्षमा पुगेकाे छ । चीनलाइ झुकाउन राष्ट्रपति डाेनाल्ड ट्रम्पले सुरू गरेकाे व्यपार युद्ध अमेरिकाकाे लागि महंगाे सावित हुने देखिएकाे छ ।

चीन नजिकको समुद्रको बीचमा पुगिसकेको अमेरिकन कार्गो जहाजलाइ राकेपछि विश्व व्यापारमा नयाँ हलचल मच्चिएकाे छ । भटमास बाेकेकाे अमेरिकी जहाज चीनले मध्य समुद्रबाट अमेरिकाबाट आएको शिपमेन्ट फिर्ता गरेको र आफ्ना सबै अर्डर रद्द गरेको थियाे । चिनियाँ बजारमा आपूर्ति गर्न उक्त जहाज आउँदै थिए ।

चीनले अमेरिकाबाट आउने भटमासको ढुवानी रद्द मात्र गरेको छैन, अमेरिकाबाट खरिद नगरी चीनले ब्राजिलियन सोयाबिनलाई खरिद गर्न सुरू गरेको छ । चीनको यो कदमलाई व्यापार युद्धको रुपमा मात्र नभई जानाजानी रणनीतिक कदमको रुपमा पनि हेरिएको छ । यसको तत्काल र गम्भीर असर अमेरिकामा देखिएको छ ।

युएस डिपार्टमेन्ट अफ एग्रीकल्चरका अनुसार ढुवानी रद्द भए सँगै अमेरिकी भटमासको स्टक १३ प्रतिशतले बढेको छ। अमेरिकी किसानहरूले यसलाई व्यापार युद्ध नभई आर्थिक एक्लोपनको षड्यन्त्र भनेका छन्।

यो होइन कि चीनले अचानक अमेरिकी ढुवानी रद्द गरेको छ र यसको विकल्पमासमेत फर्केको छ। चीनले पहिले नै ब्राजिलमा कृषि पूर्वाधारलाई बलियो बनाएको छ र विश्वव्यापी खाद्य आपूर्ति श्रृंखलाको पुनर्संरचना गर्ने रणनीति बनाएको छ।

यो व्यापार युद्धमा चीनले कत्तिको प्रगति गरेको छ, त्यसको अनुमान चीनले अमेरिकाबाट खरिद गरेको मकै लिलामी गर्न थालेको तथ्यबाटै लगाउन सकिन्छ । यस उद्देश्यका लागि उनले गैर ट्यारिफ बाधा प्रयोग गरेको छ ताकि विश्व ब्यापार संघका नियमहरू पनि बेवास्ता गर्न सकियोस्।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal