आज :

सहकारी ठगीमा संलग्न कांग्रेस सांसद माया राई पक्राउ

  • अनलाइन डबली

काठमाडौँ । सहकारी ठगीमा संलग्न  नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन।  स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी प्रकरणमा फरार रहेकी राईलाई नेपाल प्रहरीले  शनिबार कपनबाट पक्राउ गरेको हो ।

कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपश्चात लामो समयदेखि फरार थिइन्। उनी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन्।

भोजपुर स्थायी घर भएकी राई समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन्। फरारकै अवस्थामा उनले तलबभत्ता बुझ्दै आएकी थिइन्। फरार रहेकी उनले शुक्रबार संसद पुगेर गोप्य रुपमा हाजिर गरेका बिषयमा संचारमाध्याममा ब्यापक बनेको थियो।

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। पूर्वगृहमन्त्री लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। हाल लामिछानेको सांसद पद निलम्बनमा छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal