
काठमाडौं । नयाँ बानेश्वर क्षेत्र यतिखेर तनावग्रस्त बनेको छ ।
बिगत २६ दिन देखी आन्दोलनरत शिक्षकले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडन थाले पछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ।
नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए ।
“प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार भएको छ, अहिलेसम्म स्थिति नियन्त्रणमा नै छ, कुनै अप्रिय घटना घटेको छैन्’ उनले सञ्चारकर्मीसँग भने ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित बिगत २६ दिनयता शिक्षक महासंघ काठमाडौंकेन्द्रित सडक आन्दोलनमा रहेको छ । सरकारसँग बार्ता सफल नभए पछि उनीहरू बिहानै ११ः०० बजे देखी नयाँ बानेश्वर–माइतीघर सडक अबरूद्द गरेर बसिरहेका छन् ।
यसैबीच शिक्षकहरूले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको भन्दै गृहमन्त्री रमेश लेखकको राजिनामा माग गरेका छन् । प्रहरीले लाडी र पानीको फोहोरा प्रहार गरेपछि शिक्षक र प्रहरीबीच भिडन्तको अवस्था सिर्जना भएको थियो ।