
काठमाडौँ । राजतन्त्रको माग गर्दै सडकमा निस्किएका राजावादीहरु अराजकरुपमा प्रस्तुत भएका छन् । तीनकुनेमा प्रदर्शन स्थल तोकिएकोमा निषेधित क्षेत्रमा प्रवेश गर्न थालेपछि प्रहरीसँग झडप भएको थियो ।
राजावादीहरु तिनकुनेतर्फबाट बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
पूर्वनिर्धारित रुपमा समाजवादी मोर्चाले आज खबरदारी सभा गर्ने घोषणा गरेपछि राजावादीहरुले कार्यक्रम जुधाएका थिए । नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको समाजवादी मोर्चालाई भृकुटीमण्डपमा कार्यक्रम तोकिएको थियो ।
गणतन्त्रवादीको भन्दा ठूलो जनप्रदर्शन गर्ने घोषणा गरेका राजावादीको सोचेजति मानिसहरु सडकमा नआएपछि अराजक हर्कतमा गर्न पुगेका छन् ।
पूर्वराजालाई स्वागत गर्न भन्दै एयरपोर्टमा केही हजार मानिसहरु सडकमा निस्किएपछि उत्साहित भएका राजावादी आजको कार्यक्रमबाट निरास भएका छन् ।
कार्यक्रममा सहभागिता सोचेजति नभएपछि सरकारले कार्यक्रम बिथोल्यो भन्ने आरोप लगाउन राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए । प्रहरीले प्रहरीले लाठीचार्ज गर्न बाध्य भएको थियो ।
दुई पक्षबीच घम्साघम्सी चल्दा प्रहरीले लाडीचार्जका साथै केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो ।
अहिले तिनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीले राजतन्त्रको पक्षमा प्रदर्शन गर्दै बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरिरहेका हुन् । प्रहरीले निषेधित क्षेत्र नतोड्न चेतावनी दिएपनि प्रदर्शनकारी अघि बढ्न खोजेको बताइएको छ ।