आज :

एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेसहितका अभियन्ता एकता महाधिवेशनका लागि दौडाहामा

  • अनलाइन डबली

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनका लागि उच्चस्तरीय समितिका संयोजक शेष घलेसहितका अभियन्ताहरूले थप सक्रियता बढाएका छन् । एकता महाधिवेशनका लागि नै घलेसहितका अभियन्ताहरू मध्यपूर्व र युरोपका विभिन्न देशमा पुग्ने  भएका हुन् ।

जसअनुसार घले मार्च २१ मा यूएई पुग्नेछन् । त्यहाँ आवश्यक छलफलपछि उनी युरोपका विभिन्न देश पुग्नेछन् । त्यहाँबाट उनी बेलायत पुग्नेछन् । बेलायतमा एनआरएनए बेलायतको एकता अधिवेशनमा सहभागी हुनेछन् ।

एनआरएनए बेलायतको एकता अधिवेशन मार्च २३ मा तय भएको छ । त्यहाँको कार्यक्रम सकेर उनी मार्च २४ मा बेल्जियम पुग्नेछन् । यसैगरी मार्च २५ मा पोर्चुगल, मार्च २६ मा डेनमार्क पुग्नेछन् भने मार्च २७ मा फेरि कतारमा पुग्नेछन् । उनी जहाँ जहाँ पुग्नेछन् त्यहाँ एकताका लागि अभियन्ताहरूसँग घनिभूत छलफलमा जुट्ने एनआरएनए अभियन्ता गंगाधर गौतमले जानकारी दिए ।

उनीसँगै एनआरएनए अभियन्ता आरके शर्मालगायत पनि सहभागी हुनेछन् । त्यसका लागि शर्मा बिहीबार नै कतारबाट दुबईतिर लागिसकेका छन् भने त्यहाँबाट घलेसँगै उनी विश्व दौडाहामा निस्कनेछन् ।

यसैबीच घलेले एकता महाधिवेशन सर्वोच्च अदालतको आदेश पुरा गर्ने विषय मात्रै नभएर दिगो तथा प्रजातान्त्रिक संस्था निर्माण गर्नका लागि दरिलो ढाँचा बनाउन पनि भएकाले विभिन्न देशमा रहेका एनआरएसँग अन्तरक्रिया छलफल गरेर सुझाव लिने र सोही अनुसार महाधिवेशन सम्पन्न गर्ने गरी आफू दौडाहामा लागेको बताए ।

‘एकताका लागि विश्वभर रहेका गैरआवासीय नेपालीहरूको सुझाव लिएर सबैको भावनालाई समेटेर संगठनलाई गतिशील बनाउने जिम्मेवारी पुरा गर्न युरोप र मध्यपूर्वका एनआरएन साथीहरुको सल्लाह र सुझावको  विशेष महत्त्व हुने आशा लिएको  घले बताए । उच्चस्तरीय समितिले आगामी मे पहिलो साता एकताको महाधिवेशन तोकेको छ । महाधिवेशन काठमाडौँमा भौतिक उपस्थितिमा हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal