आज :

दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

  • अनलाइन डबली

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३÷८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा नेपालले ९ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ बराबरका ४ लाख २५ हजार थान स्मार्टफोन आयात गरेको हो ।

गत आवको सोही अवधिमा भने ८ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरका ५ लाख थान स्मार्टफोन आयात भएका थिए। यस वर्ष स्मार्टफोनको आयात संख्या घटे पनि आयात मूल्य भने बढेको देखिन्छ ।

गत आवको पहिलो दुई महिनाको तुलनामा चालु आवमा स्मार्टफोन आयातको संख्या करिब ७५ हजार थानले घटेको छ । तर आयात मूल्य भने ८६ करोड ७७ लाख रुपैयाँले बढेको छ ।

यस आधारमा गत आवको तुलनामा चालु आवको पहिलो दुई महिनामा स्मार्टफोन आयातको औसत मूल्य बढेको देखिन्छ । गत आवमा प्रतिथान औसत आयात मूल्य करिब १७ हजार ७५२ रुपैयाँ रहेकामा चालु आवमा यो करिब २२ हजार ९२६ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal