
कालिकोट । कालिकोटको सान्नीत्रिवेणि गाउँपालिका स्थित जनचेतना बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (क्रान्तिकारी) का बसराज बोहरा नेतृत्वको प्यानल विजयी भएको छ। आज सम्पन्न मतगणनामा बसराज बोहरा १०६ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी, अनेरास्ववियु-नेविसंघ गठबन्धनका साझा उम्मेदवार अम्मराज बरालले ८६ मत प्राप्त गरे।
सचिव पदमा पनि अखिल (क्रान्तिकारी) का धुर्बराज संज्याल ११९ मत प्राप्त गरेर बिजयी भएका छन्, उनका प्रतिद्वन्द्वी, नेविसंघ अनेरास्ववियु गठबन्धनका साझा उम्मेदवार रमेश बुढा ६५ मतमा सीमित भए।
कोषाध्यक्ष पदमा अखिल (क्रान्तिकारी) का अग्निजा आचार्य ११६ मत प्राप्त गरेर विजयी हुँदा अनेरास्ववियु-नेविसंघ गठबन्धनकी साझा उम्मेदवार बिन्दा शाहीले ७० मत मात्र प्राप्त गरिन्।
सदस्य पदमा अखिल (क्रान्तिकारी) का सुमितराज कार्की १०६ मत, शोभा सार्की ८९ मत, नेपाल क्रान्तिकारी विद्यार्थी संघका प्रेम ब. शाही ९९ मत, अखिल (समाजवादी) की पविता धामीले ९८ मत र अनेरास्ववियुकी राधिका फर्सालले १०१ मत प्राप्त गरेर विजयी भए।
३४३ बिद्यार्थी रहेको उक्त क्याम्पसमा १९७ विद्यार्थीले निर्वाचनमा मतदान गरेका थिए । यसअघिको निर्वाचनमा पनि उक्त क्याम्पसमा अखिल (क्रान्तिकारी)कि पार्वती सन्ज्याल निर्वाचित भएकी थिइन ।