
काठमाडाैं । नयाँ नेपालि कथानक चलचित्र “आमा आज पनि रुन्छिन्” को शुभ साइत आज सम्पन्न भएको छ । चलचित्र निर्माता द्वय गीर्वाण विजय खड्का र सेवन्तक खड्काले ए.आर. प्रोडक्सनकाे ब्यानरमा निर्माण हुने यस चलचित्रको शुभ साइत गरिएको हो।
अशु अशेष गिरीको कथा तथा निर्देशनमा तयार हुने यस चलचित्रको पटकथा तथा गीत गणेश सुबेदीको रहेको छ भने, सङ्गीत सचिन गिरीको रहेको छ । प्रमुख सहायक निर्देशकमा राम शरण कोईराला तथा सहायक निर्देशकमा रोहिणी अग्रवाल, राजकुमार कार्की, निश्चल तामाङको रहेको छ ।
छायाङ्कनमा निरज कँडेल, नृत्य निर्देशनमा गोविन्द प्रभात, शृङ्गारमा सन्तु तामाङ, केश विन्यासमा सञ्जु ढकाल, निर्माण नियन्त्रकमा डिक ब.बुढाथोकी र तुलसी चौलागाँई, रहेका छन् ।
चलचित्रमा मुख्य भूमिकामा सरोज खनाल, गौरी मल्ल, रवीन्द्र झा, मुस्कान पौडेल, आशा भूषाल, आराध्या लक्ष्मी खड्गी र विशेष भूमिकामा सुदर्शन बुढाथोकी, दिपा पौडेल तथा अतिथि कलाकारमा देशभक्त खनाल लगाएतको रहेका छन् ।