
नेवा: समुदायमा बेलसंग बिबहा गर्ने परम्परालाइ नेवार भाषामा ‘इहि’ भन्ने गरिन्छ । यस समुदायमा पहिलो ‘ इहि मचा ’ जसमा बेललाई साक्षी राखी सुवर्णकुमारसँग विवाह गरिन्छ । दोस्रो नेवार भाषामा बारा तयेगु अर्थात् नेपालीमा गुफा राख्ने जसलाई सूर्यदर्शन पनि भन्निछ । यसमा सूर्यसँग विवाह गरिन्छ भने तेस्रो लोग्नेमान्छेसँग गरिन्छ ।
बेल बिबाह गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी बिबाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो बिबाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ ।
शुरुको कन्यादानको रुपमा बुवाले सर्वगुण सम्पन्न पुरुषार्थ ज्वाईंको रुपमा सुवर्णकुमारका प्रतिक बेलसँग विवाह गरिदिएर कन्यादान गर्ने परम्प रही आएको छ।
बेलबिबाह गराउने पुरोहितले कलश राखी गणेश, क्षत्रपाललगायत अरु विभिन्न देवगणलाई प्रतिक मानी बिधि पुर्वक पूजा गर्ने गरिन्छ। पूजामा नेवार शब्दमा कुह्मःका ग्वारा, ज्यनाः लप्ते, चाकु, कँय्, हलू, सुखुन्या, ग्वःगु ग्वय्, ताय् आदि सामाग्री राखिएको हुन्छ । बेलबिबाहमा सहभागी गराउने बालिकालाई अभिभावकले परम्परागत मूल साचो , भोटे ताल्चा समाउन लगाई पानीको धारा छुटाई स्वागत गरी मण्डप अगाडि बसाइ पुजा गर्ने गरिन्छ।