आज :

लोयल्टीको वार्षिक उत्सवमा मन्त्री शाही,‘शिक्षक–कर्मचारीलाई पेन्सनको व्यवस्था’

  • धनन्जय बुढा

काठमाडौं । लोयल्टी एकेडेमी देशकै एक उदाहरणिय र नमुना विद्यालय भएको वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बताएका छन् । शनिबार काठमाडौंमा भएको लोयल्टी एकेडेमीको ‘१९औं वार्षिक उत्सव तथा अभिभावक दिवस’को अवसरमा मन्त्री शाहीले वन तथा वातावरणको क्षेत्रमा विद्यालयले सहयोग गरेकोसमेत बताए ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री शाहीले नेपाली शिक्षामा विद्यार्थीहरुलाई सैद्धान्तिक विषयबस्तुसँगै व्यवहारिक पाटोलाई पनि जोड्नुपर्ने धारणा राखे ।

सो विद्यालयका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले विद्यालयको स्थापना कालदेखि नै विद्यार्थीहरुको शैक्षिक मात्रै नभएर मानोवैज्ञानिक तथा व्यवहारिक पाटोलाई पनि ध्यान दिदै आएको बताए । अध्यक्ष सम्बाहाम्फेले अभिभावकाले आफ्ना बालबालिकालाई विद्यालयमा के–कसरी र कस्तो किसिमले पठनपाठन हुन्छ, भनेर बेलाबेलमा बुझ्न तथा सल्लाह–सुझावको लागि पनि अनुरोध गरे ।

विद्यालयका प्रिन्सिपल विरेन्द्र कुरुम्बाङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कुरुम्बाङले विद्यार्थीहरुको शैक्षिक उनन्नयनको पक्षलाई मात्रै नहेरी विद्यालयमा कर्यरत शिक्षक तथा कर्मचारीको लागि पेन्सनको व्यवस्था पनि गरिएको जानकारी दिए ।

‘निजी क्षेत्रमा कर्मचारीहरुलाई प्रयोग मात्रै गरिन्छ र उपदेयता सकिएपछि खालिहात हटाईन्छ’ भन्ने भष्यलाई तोडेको बताउँदै कुरुम्बाङले भने,“यो सुविधाले निजी विद्यालयमा कार्यरत शिक्षक या कर्मचारी पनि भविश्यमा सरकारी कर्मचारी जस्तैः पेन्सनर (निवृत्तिभरण) बन्ने सुनौलो अवसर विद्यालयले प्रदान गरेको छ ।” सो विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सुरक्षित भविष्यको प्रत्याभूतिक गराउने उदेश्यले विगत २ वर्षदेखि सामाजिक सुरुक्षा कोषमा गएको उनले बताए ।

“एक वर्ष सेवा अवधि पुगको शिक्षक तथा कर्मचारीहरुलाई सामजिक सुरक्षा कोषको सुविधा उपलब्ध गराएका छौं, जसमा शिक्षक तथा कर्मचारीहरुको आधारभूत पारिश्रमिकबाटा ११ प्रतिशत र विद्यालयको तर्फबाट २० प्रतिशत थप गरी जम्मा ३१ प्रतिशत रकम मासिकरुपमा समाजिक सुरक्षा कोषमा जम्मा हुने गर्दछ । त्यति मात्रै नभएर यहाँका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गरी दुर्घटना बीमा गरिदने कार्यलाई हामीले उच्च प्राथमिकता दिएका छौं ।”प्रिन्सिपल कुरुम्बाङले थपे ।

सो विद्यालयका प्लस टु संयोजक इन्द्रप्रसाद गौतमले विद्यार्थीहरुको चौतर्फी विकासका लागि शैक्षिकसँगसँगै अन्य विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम क्षेत्री, बुढानिलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख सुकु राई तथा अभिभावकहरुको उपस्थिति रहेको सो कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गित, नाटकलगायतका विभिन्न प्रश्तुतिहरुले अतिथि तथा अभिभावकलाई मनोरञ्जन दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal