![](https://onlinedabali.com/wp-content/uploads/2025/02/S-Lab.jpg)
हुम्ला जिल्लाको दोस्रो पुरानो विद्यालयमा सञ्चालन भइरहेको विज्ञान विषय सुधारका लागि संघीय सरकारले एक विद्यालयलाई १५ लाखका दरले अनुदान उपलब्ध गराएको छ । यो कार्यक्रमले विज्ञान विषयलाई भौतिक, प्राविधिक र सैद्धान्तिक रुपमा सहयोग गर्नेछ ।
देशभरी ११४ सामुदायिक विद्यालय तथा कर्नाली प्रदेशमा १० जिल्लाका १२ विद्यालयहरुले यो बजेट पाउने भएका छन् । हुम्ला जिल्लाबाट हुम्लाको दोस्रो पुरानोे विद्यालय मानसरोवर माविले पाएको छ । यो विद्यालको स्थापना करीब ६ दशक अघि भएको हो । यसको स्थापनाकालको नाम सत्यवादी प्राइमेरी स्कुल रहेको थियो । वि.सं. २०३६ सालपछि माध्यामिक विद्यालय स्थापनसँगै मानसरोवर मावि भएको सिमकोट ५का जानमान अदानसिंह रावतले बताए ।
हुम्लामा १५०भन्दा धेरै विद्यालयहरु स्थापना भएका छन् । यी सबै विद्यालयहरुमा बालविकास तहदेखि १२ कक्षासम्म अध्ययन हुने गरेको छ । विषय गरी विभिन्न प्रकारका विषयहरु अध्ययन हुने हुम्लाको एक मुख्य र सबैको आकर्षणको केन्द्र बन्दै आएको छ मानसरोवर माध्यामिक विद्यालय । यहाँ जिल्लाका मात्रै नभएर नेपालका विभिन्न स्थानका विद्यार्थीहरुले अध्ययन गर्ने गरेका छन् । यो बजेट संघीय सरकारकातर्फबाट सम्बन्धित गाउँपालिका मार्फत् खर्च हुनेछ ।
यो हुम्लाको एक पुरानो विद्यालय भएकाले विभिन्न प्रकार विषयहरुको अध्ययन हुने गरेको छ तैपनि अझै भौतिक, आर्थिक र प्राविधिक रुपमा धेरै गाह्रो भएका बेला यो बजेटले गुणस्तरीय शिक्षाका सहयोग हुने प्रधानाध्यापक अमरबहादुर शाहीको मत रहेको छ ।