आज :

पाँच करोड पर्ने ढुंगा दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

  • अनलाइन डबली

पोखरा । बहुमुल्य टल्किने ढुंगा दिन्छु भन्दै मोटो रकम ठगि गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन् । पाँच करोड मूल्यको टल्किने ढुंगा दिन्छु भन्दै १३ लाख ठगी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उक्त आरोपमा पर्वत फलेवास नगरपालिका ५ घर भई हाल पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने ३१ वर्षकी ईन्दिरा विक, सोही ठाउँका ३६ वर्षीय राजन विक र खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ की २७ वर्षकी जुनु भन्ने लक्ष्मी राईलाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए ।

प्रहरीले ईन्दिरा विक र राजन विकको कोठाबाट सेतो रंगको पारदर्शी ढुङ्गा ६ थान र रातो रङको ढुङ्गा १ थान बरामद गरेको छ भने विभिन्न बैंकका ३१ लाख बराबरकाचार थान चेक र मोबाइल चार थान समेत बरामद गरेको छ ।

प्रहरी निरिक्षक जिसीका अनुसार उनीहरुले आफुलाई पांच करोड मूल्य पर्ने टल्किने ढुंगा दिने प्रलोभन दिएर १३ लाख रुपैयाँ ठगी गरेको भन्दै कुन्ती सुब्बा गुरुङले जाहेरी दिएकी थिइन् । पक्राउ परेका तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal