आज :

काँग्रेसका क्षेत्रीय सभापति तारा खनाल मानव तस्करीमा पक्राउ, २ करोड ७० लाखको चेक बरामद

  • अनलाइन डबली

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता ताराप्रसाद खनाल पक्राउ परेका छन् । नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ प्रदेशसभा (क) निर्वाचन क्षेत्रीय सभापति खनाल समेत रहेका खनाललाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जले पक्राउ गरेको हो ।
मानव तस्करीको आरोप लागेका खनालका साथबाट प्रहरीले २ करोड ७० लाखको चेक समेत बरामद गरेको छ ।

गाउँका सोझासिधा युवालाई विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भन्दै करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खनाल अछामकाे पञ्चदेवल विनायक नगरपालिका वडा नं. ८ का पूर्वअध्यक्ष समेत हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal