
कर्नाली प्रदेश सरकारले विद्यालय शिक्षालाई नमुनाका रुपमा प्रविधियुक्त शिक्षालाई विकास र विस्तार गर्न गराउनका लागि मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम १० जिल्लाका १३ विद्यालयमा शुरु गरिने भएको छ ।
यसका लागि रुकुम पश्चिमको चौरजहारी नपा, मुसीकोट नपा, छेडाखोला नपा, शिवालय नपा, सल्यानको दार्मा र कपुरकोट गापा, सुर्खेतको लेकबेँसी गापा, मुगुको कार्मारोंग गापाm दैलेखको आठवीस नपा, कालीकोटको नरहरीनाथ नपा, हुम्लाको अदानचुली गापा गरी १३ स्थानीय तहको १३ विद्यालयमा मुख्य मन्त्री डिजिटल शिक्षा कार्याक्रम लागु गरिने भएको छ ।
यसका लागि एक विद्यालयलाई ७० हजारका दरले बजेट कार्यक्रम लागु भएको स्थानीय तहमा उपलब्ध गराइने भएको छ ।
यो कार्यक्रमलाई यस अघि एक जिल्ला एक नमुना विद्यालय कार्यक्रमलाई सुधार गरेर मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रममा नाममा लागु गरिएको छ । यो कर्नाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सञ्चालन गर्ने भएको छ । यसालाई आव २०८०÷०८१मा नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण शिर्षकमा १४ करोड बजेट विनियोजन भएको थियो ।
प्रदेश सरकारको पुस १९ गते बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री डिजिटल शिक्षा र नमुना विद्यालय कार्यक्रम कार्यविधि २०८१ स्वीकृत गरी पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गर्ने भएको छ । यसका लागि १० करोड बजेट विनियोजन गरिएको छ ।