आज :

आजबाट एचपिभी खोप अभियान सुरु, १७ लाख किशोरीलाई खोप लगाइने

  • अनलाइन डबली

काठमाडौं । देशभरि पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियानको संचालन हुँदैछ ।

आजबाट (माघ २२) देखि फाल्गुन ६ गतेसम्म देशैभरि संचालन हुने अभियानको शुभारम्भ आज शिवपुरी उच्च माध्यामिक विद्यालय,महाराजगंज,काठमाडौंबाट हुने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अभिभावकत्व तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सभापतित्वमा उक्तm खोप अभियानको शुभारम्भ कार्यक्रम हुन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको हो । अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ ।

विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।

उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)खोप दिन लागिएकाले अभियानमा सहभागि हुन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal