आज :

देशको पछिल्लो आर्थिक अवस्थाः निर्यात ३१.८ प्रतिशत र विदेशी मुद्रा सञ्चिति १२.१ प्रतिशतले बढ्यो

  • अनलाइन डबली

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको पछिल्लो आर्थिक अवस्था सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार निर्यात बढ्नुको साथै विदेशी मुद्रा सञ्चिति पनि वृद्धि भएको छ । त्यस्तै, रेमिट्यान्स पनि बढेको भने वैदेशिक लगानी पनि बढेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई रु.९८ अर्ब ७९ करोड पुगेको छ । बैंकले साउनदेखि पुससम्मको तथ्यांकमा आधारित रहेर सार्वजनिक ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन सार्वजनिक गरेको हो ।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६.१ प्रतिशत, १९।७ प्रतिशत र १.० प्रतिशतले वृद्धि भएको छ । यस्तै वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै आर्थिक वर्ष २०८१र८२ को ६ महिनामा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई रु.८२२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा कच्चा भटमास तेल, चामलरधान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको रिपोर्टमा उल्लेख छ ।

निर्याततर्पm भैरहवा, विराटनगर, वीरगंज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह बाहेक भैरहवा, विराटनगर, वीरगंज, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी, त्रिभुवन विमानस्थल भन्सार कार्यालय लगायतका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

यस्तै आर्थिक वर्ष २०८१र८२ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ४.४ प्रतिशतले वृद्धि भई रु।७२३ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २।६ प्रतिशतले कमी आएको थियो ।

त्यसैगरी राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भएको जनाएको छ । चालू आर्थिक वर्षको छ महिनाको तथ्यांकमा आधारित रिपोर्टमा २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई पुस मसान्तमा रु.२३१६ अर्ब ८४ करोड पुगेको जनाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा पुस मसान्तमा १०।३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको रिपोर्टमा उल्लेख छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति मात्र असार मसान्तमा रु।१८४८ अर्ब ५५ करोड रहेको थियो । तर, पुस मसान्तमा १२।१ प्रतिशतले वृद्धि भई रु.०७२ अर्ब ३४ करोड पुगेको उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal