आज :

ललितपुरमा एक अर्ब बढीको अनलाइन जुवा, १० भारतीयसहित २५ जना पक्राउ

  • अनलाइन डबली

काठमाडौं । प्रहरीले ललितपुरबाट भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ।

एक भारतीय अनलाइन साइटमार्फत एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले शनिबार राति १० भारतीय र १५ जना नेपालीलाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२ को घरबाट अनलाइन जुवा खेलाइरहेकालाई पक्राउ गरेको हो।

‘ठूलो रकमको अनलाइन जुवा खेलाएको सूचना आएपछि दुई घरमा छापा मारेर संलग्नहरूलाई पक्राउ गरिएको हो,’ कार्यालयका एक अधिकृतले भने, ‘अहिले विस्तृत विवरण आइसकेको छैन।’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नयाँ प्रमुखको रुपमा एसएसपी रमेशकुमार बस्नेतले शुक्रबार कार्यभार सम्हालेका थिए। उनले कार्यभार सम्हालेपछि कार्यालयले गरेको यो पहिलो ठूलो ‘अपरेशन’ हो।

ती अधिकृतले कोठा भाडामा लिएर अनलाइन जुवा खेलाइएको बताएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal