आज :

तीन वर्षमा करीब ५२ हजार क्वीन्टल सेतो चामल बिक्री

  • अनलाइन डबली

हुम्ला । हुुम्लामा खाध्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड, जिल्ला शाखा हुम्लाले तीन वर्षमा ५२ हजार क्वीन्टल सेतो चामल बिक्री गरेको छ । यसबाट करोडौं रकम लिमिटेडको खातामा जम्मा भएको छ ।

आ.व. २०७८/०७९ लेखि आ.व. २०८०/०८१सम्मको तीन आवमा वर्षेनी करीब २० हजार क्वीन्टल चामल बिक्री गर्दै आएको छ । यसबाट वर्षेनी करोडौं रकम हुम्लाबाट सेतो चामलका लागि खर्च हुने गरेको उक्त शाखा कार्यालयको अभिलेखबाट जानकारी प्राप्त भएको छ ।

आ.व. २०७८/०७९मा १८७९६।११ क्वीन्टल आएकोमा १६९६९।०८ क्वीन्टल चामल बिक्री भएको छ । यसै गरी आ.व. २०७९/०८०मा १९,६२२.४० क्वीन्टल आएकोमा १८,०१२.४५ क्वीन्टल चामल बिक्री भएको छ । यसै गरी आ.व. २०८०/०८१मा २७१६९.२५ क्वीन्टल चामल आएकोमा १६८०३.१७ क्वीन्टल चामल बिक्री भएको छ ।

तीन आवमा हुम्लामा ६५ हजार १६९ दशमलव ७६ क्वीन्टल चामल आएकोमा ५१ हजार ७८४ दशमलव ७० क्वीन्टल चामल बिक्रीको जानकारी खाध्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हुम्लाका कार्यालय प्रमुख कृष्णप्रसाद अधिकारीले बताएका छन् ।

पछिल्लो समय नेपाल खाध्य संस्थानबाट खाध्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड भएपछि चामल बाहेक तेल, चिनी तथा अन्य खाध्यवस्तुको विविधिकरण गरिरहेको छ भने स्थानीयस्तरमा उत्पादन हुने चिनु, फापर, कागुनो र सिमी जस्ता स्थानीय अन्नबाली पनि खरिद गरी लिने काम समेत गरेको छ ।

यसबाट यो कार्यालयले चामल मात्र बिक्री नगरेर अन्य खाध्य वस्तु पनि बिक्री गर्ने रहेछ र किसान आफुले उत्पादन गरेका स्थानीय अन्नबाली पनि बिक्री गर्न पाइने भएकाले राम्रो कामको शुरुवात भएको स्थानीय अगुवा किसान गोरासिंंह बोहराको मत रहेको छ ।

हुम्लामा कृषि विकास कार्यालयभन्दा ६ वर्ष अघि स्थापाना भएको नेपाल खाध्य संस्थानले सेतो चामल मात्र बिक्री गरेर स्थानीयहरुको बानी बिगारेको सदरमुकाममा राजनीतिक पहुँच लगाएर चामल किनेर बसेकाहरुले खाध्यमा दोहन गरेको आरोप पछिल्ला वर्षहरुमा यो कार्यालयले व्यहोर्नु परेको छैन । अब स्थानीय बजारसँग प्रतिस्पर्धा गर्न र स्थानीय अन्नबाली खरिद गरेर किसानसँग हातेमालो गरेर अघि बढ्ने नीति रहेको कार्यालय प्रमुख अधिकारीको भनाई रहेको छ ।
उनले भने हुम्लामा खाध्यन्नको समस्या होइन की हुम्लीहरुलाई सेतो चामलप्रति आकर्षण धेरै रहेको छ । यसलाई कम गर्न स्थानीय अन्नबाली उत्पादनमा प्रोत्साहन दिनुका साथै खानपानमा सुधार गर्नुपर्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal