आज :

अखिल कप फुट्सलको उपाधि एनसिआइटी कलेजलाई

  • अनलाइन डबली

ललितपुर । अनेरास्ववियु पोखरा विश्वविद्यालय -पियू_ राष्ट्रिय कमिटीले आयोजना गरेको दोस्रो पियु अखिल कप फुट्सलको उपाधि पोखरा विश्वविद्यालय अन्तर्गत एनसिआइटी कलेजले  जितेको छ ।

ललितपुरको च्यासल स्थित नेसनल स्पोर्टस् सेन्टरमा भएको फाइनल खेलमा एनसिआइटी कलेजले लिबर्टी कलेजलाई पराजित गर्दै विजेता बन्न सफल भएको हो । प्रतियोगितामा विभिन्न विश्वविद्यालयका २० कलेजले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको थियो भने समापन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतियोगिताको विजेता एनसिआइटी कलेजले नगद ६० हजार रुपैँयासहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता लिबर्टी कलेजले नगद ४० हजार रुपैँया सहित ट्रफी, मेडल, र प्रमाणपत्र पाएको छ ।

कार्यक्रममा अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष तथा कार्यक्रम संयोजक उमेश भण्डारीले प्रतियोगितालाई भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन । यस्ता कार्यक्रमले विद्यार्थी बिच एकता र सहयोगको भावना विकास हुनुका साथै प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल हुने उनले बताए ।

दोस्रो पीयू कप फुटसल प्रतियोगिता विद्यार्थीहरूबिच खेलकुदको माध्यमबाट एकता र सहकार्यको सन्देश दिन सफल भएको अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं पोखरा विश्वविद्यालयका इन्चार्ज भरत सिंह धामीले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal