आज :

सरकारले हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशनकाे माग गर्ने विपक्षी दलको सहमति, विहीबार पत्रकार सम्मेलन

  • अनलाइन डबली

काठमाडौं । संघीय संसदका विपक्षी ६ दलहरूले भोलि पत्रकार सम्मेलन गर्ने भएका छन्

आज बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै भोलि पत्रकार सम्मेलन गर्न लागिएको हो।

अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै बिपक्षी ६  दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी पनि गरेको नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले जानकारी दिएका थिए ।

भोलीको पत्रकार सम्मेलनको तयारीका लागि पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्सीय कार्यदल बनाएको छ। बिपक्षीहरूको साझा धाराणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोकिएको छ।

पत्रकार सम्मेलनमा बिपक्षी दलका शिर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal