आज :

मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, भोली कार्यदलको पहिलो संयुक्त बैठक

  • अनलाइन डबली

काठमाडौं । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा  गठनको तयारीलाइ तिब्रता दिएका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने देखी संसद बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठन गर्ने तयारी गरेका हुन ।

जसअनुसार मंगलबार बिहान १० बजे समर्पण एकडेमी, धुम्बाराहीमा पहिलो पटक संयुक्त कार्यदलको बैठक बस्दैँछ ।

साे बैठकमा अशाेक राइ नेतृत्वकाे जनता समाजवादी पार्टीवाट रेणु यादव र इस्तियाक राई सहभागी हुने छन भने उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपालवाट राजकिशोर यादव सहभागी हुनेछन् ।

उता, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल तथा सुरेन्द्र झा सहभागी रहने छन भने जनमत पार्टीवाट अब्दुल खान र शरद यादवको प्रतिनिधित्व रहनेछ ।

यसैगरी, संसद बाहिर रहेका दलहरू मध्ये जन प्रगतिशील पार्टीवाट शिवजी यादव तथा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट केशव झाको प्रतिनिधित्व रहनेछ भने तराइ मधेस लोकतान्त्रिक पार्टीवाट  वृषेश चन्द लालले उपस्थित जनाउने छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal