काठमाडौँ । रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका लामिछानेको बयान र थुनछेक न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ ।
पोखराबाट हिजो मध्यरात काठमाडौँ आइपुगेका रबि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएको थियो । लामिछाने सोही अभियोगबारेको बयन र थुनछेकको लागि आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् ।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ ।
अभियोग पत्रमा उल्लेख भए अनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिट मार्फत विदेश पठाएको फेला भेटिएको छ । २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो रकम रवि लामिछानेको नामबाट विदेशमा पठाएको भेटिएको छ ।