आज :

संविधान संशोधनको विषयमा तलमाथि हुँदैन्: मन्त्री गुरुङ

  • अनलाइन डबली

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनैपनि तलमाथि नहुने बताएका छन् ।

शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदैँ उनले काम गर्न बाधा पुर्याइ रहेको ११ वटा कानूनहरु संशोधनमा ल्याउने भनेर कानूनविद्हरु रहेको कार्यदल बनाएको भन्दै संविधान संशोधन हुने बताए ।

उनले भने, ‘काम गर्न बाधा पुर्याइरहेको ११ वटा कानूनहरुको पहिचान गरि संसदमा पेश गर्ने गरेर संशोधनमा ल्याउन र त्यसको तयारीको लागि पनि कानूनविद्हरु रहेको कार्यदल बनाएका छौ । त्यसकारण संविधान संशोधन हुन्छ, गरिन्छ, गर्ने हो । किनभने हाम्रो राजनीतिक सहमतिमा नै यही कुरा थियो । यसमा तलमाथि गर्ने कुनै पनि कुरा छैन् ।’

यसको साथै, उनले नीतिगत रुपले संविधान संशोधनको विपक्षमा नभएको भन्दै त्यसको लागि कार्यदल बनाएर अगाडि बढेको बताए ।

उनले भने, ‘नीतिगत रुपले हामी संविधान संशोधनको विपक्षमा होइन् । अस्ती भर्खर दुई दलको आठ सदस्य उच्च राजनीतिक संयन्त्रले पनि निर्देशन दिएको छ । संविधान संशोधन गर्न, संघीयता र संविधान कार्यान्वयनको समस्या पहिलाउन, संसदमा अहिलेसम्म भइरहेको १९ वटा विधेयकहरु जुन बाँकी छन् त्यसलाई यही अधिवेशनबाट पारित गर्नको लागि के के गर्नु पर्छ भनेर कार्यदलहरु गठन भएको छ ।’

२३ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले केन्द्रीय कमिटी बैठकमा  ‘संसद्को अहिलेको कार्यकालमा दुईतिहाइ पुगेन भने ०८७ मा संविधान संशोधन हुन्छ,’ भन्ने अभिव्यक्ति दिए । उक्त अभिव्यक्तिपछि विभिन्न टिकाटिप्पणी सुरु भएको छ । सोही विषयलाई लिएर मन्त्री गुरुङले स्पष्टिकरण दिन खोजेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal