काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ । गएराति उपचारकोक्रममा उनको निधन भएको हो । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो ।
मनमोहन सिंह भारतका विद्धान र बौद्धिक नेताको रूपमा परिचित छन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९६२ मा डी फिल गरेका थिए । उनी राजनीतिमा प्रवेश गर्नु अगाडि अध्यापन कार्यमा सक्रिय थिए ।
सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए ।
उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेताहरूले शोक व्यक्त गरेका छन् ।
यसैबीच सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
शनिबार सिंहको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।
आजका सबै सरकारी समारोह रद्द गरिएको बताइएको छ ।