काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।
प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका प्रसाईलाई रिहाईको लागि सर्वोच्चमा यो दोस्रोपटक रिट परेको थियो । पहिलो रिट सर्वोच्चले खारेज गरेपछि प्रसाईको तर्फबाट दोस्रोपटक रिट दर्ता भएको थियो ।
साइबर अपराधसम्बन्धी मुद्दामा धरौटीमा रिहा भएका प्रसाईलाई प्रहरीले व्यवसायीलाई धम्की दिएको भन्दै पुनः प्रक्राउ गरेको थियो । रिटमा प्रसाईलाई साधारण तारेखमा रिहा गर्न माग गरिको थियो ।
प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै भिडियो सार्वजनिक गरेका थिए । त्यसपछि सरकारले साइबर सम्बन्धी कसुरमा पक्राउ गरेको थियो ।