आज :

पेट्रोलको मूल्य बढ्यो ,डिजेल र मट्टितेलको मुल्य घट्यो

  • अनलाइन डबली

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल , डिजेल र मट्टीतेलको मूल्यमा घटबढ गरेको छ । निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको र  डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको जानकारी दिएको हो।

नयाँ मूल्य राति १२ बजेदेखि लागू हुने छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

निगमका अनुसार अब काठमाडौं, पोखरा र दिपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ। बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्टितेल १४८.५० रुपैयाँ पर्नेछ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal