आज :

अहिलेका मुख्य राजनीतिक दलले देश बिगारेको छ -राष्ट्रिय स्वतन्त्र पार्टी प्रमुख सचेतक सन्तोष परियार

  • अनलाइन डबली

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अहिलेका मुख्य राजनीतिक दलले देश बिगारेको आरोप लगाएका छन् । भक्तपुरको मध्यपुर थिमिमा सम्पन्न प्रथम जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा परियारले नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलहरु सिद्धान्तत नचलेको हुँदा देश अहिलेको अवस्थामा पुगेको बताएका हो । ‘नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाले देखाएको बाटो हिँडेको भए नेपाली युवाहरु आज बेरोजगार भएर विदेशिनु पर्ने थिएन । मदन भण्डारीले देखाएको जनताको बहुुदलीय जनवाद (जबज) नेकपा एमालेले लागू गरेको भए नेपालमा कुशासन, भ्रष्टाचार र विकृतिले जरो गाड्ने थिएन ।’ परियारको तर्क थियो । पुरानो दलले सिद्धान्ततः काम नगरेकै भएर प्राकृतिक नियम बमोजिम नेपालमा वैकल्पिक शक्तिको रुपमा नातावाद, कृपावाद र परिवारवाद भन्दा माथि उठेर रास्वपा अस्तित्वमा आएको उनको दाबी छ ।

त्यस्तै, रास्वपाका केन्द्रीय उपसभापति तथा पूर्वमन्त्री डिपी अर्यालले नेपालमा वैकल्पिक राजनीतिक शक्ति र नयाँ सोच भएका युवाहरु माथि प्रहार भइरहेकोमा सचेत हुन आग्रह गर्दै पार्टी सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधको लागि अनावश्यक रुपमा दुःख दिएकोे आरोप लगाए ।

थिमिको निगुपुखू परिसरमा सम्पन्न भएको कार्यक्रममा संसदीय दलका उपनेता तथा पूर्वमन्त्री विराजभक्त श्रेष्ठले पार्टीका नेता कार्यकर्ताहरु ढुङ्गामुढा नगरिकन राजनीतिमा आएको बताए । पार्टी सभापतिलाई सरकारले साँधेको प्रतिशोधप्रति सचेत रहन आह्वान गर्दै निरन्तर शान्तिपूर्ण बाटोमार्फत भ्रष्टाचार र कुशासनको विरोध गर्न श्रेष्ठले आग्रह गरे ।

कार्यक्रममा संस्कृति, सामाजिक र साहित्यिक क्षेत्रमा योगदान गरेका गणेशराम लाछि र सांस्कृतिक बाजागाजाका गुरु श्रीगोपाल प्रजापतिलाई सम्मान गरिएको थियो । रुकेश रंजितले सञ्चालन गरेको उद्घाटन सत्रमा रास्वपा मध्यपुर थिमि नगर सभापति न्हुछेरत्न मानन्धर, प्रमिला कुलुजु, कुशुम महर्जन तथा रामेश्वर बस्नेत लगायतका नेताहरुले सम्बोधन गरेको थियो । कार्यक्रम शंखधर चोकबाट ¥याली गरेर निगुपुखू क्षेत्र पुगेर सम्पन्न गरेको जिल्ला भेलाको उद्घाटन पश्चात् सुरु हुने बन्दसत्रले राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर जिल्लाको नयाँ कार्यसमिति चयन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal