आज :

मोरङको ग्रामथानको अध्यक्षमा माओवादीका माझी विजयी, भत्कियो काँग्रेसको किल्ला

  • अनलाइन डबली

काठमाडौँ । नेपाली काँग्रेसको किल्लाको रुपमा रहेको मोरङको ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रले जित निकालेको छ ।

एमाले र काँग्रेसले जित्दै आएको ग्रामथानमा माओवादी उम्मेदवार नमोनारायण माझी विजयी भएका छन् । माझीले ६९७९ मत ल्याएर काँग्रेसका बलराम सरदारलाई पराजित गरेका छन् ।

निर्वाचन आयोगका अनुसार काँग्रेसका सरदारले ५३३३ पाएका छन् भने एमालेबाट उम्मेदवार बनेका तुलसीराम विश्वासले ४१५९ मत मात्रै पाएका छन् ।

संघीय निर्वाचन क्षेत्रमा लगातार माओवादीबाट अमनाल मोदी विजयी हुँदै आएका छन् । त्यो भन्दा पहिला भने काँग्रेस नेता महेश आचार्यले निर्वाचन जित्दै आएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal