आज :

  रास्वपाको स्थानीय तहमा पहिलो जीत , रोजिना श्रेष्ठ विजयी

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौं महानगरपालिकाको स्थानीय तहमा  रास्वपाको पहिलो जीत भएको छ ।   वडा नं. १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी भएपछी रास्व्पाको   स्थानीय तहमा स्थान बनाउन सुरुवात भएको हो ।

निर्वाचन आयोगका अनुसार श्रेष्ठ दुई हजार ९०२ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका देवेन्द्र पाठकले दुई हजार २१४ मत पाए। एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार २२० मत पाए

यसै गरि  एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले एक हजार ९२ मत पाए। राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत ल्याए।

कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो। यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal