काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाइ पठाएको जरिवाना पत्र भौतिक रूपमा नबुझे पछी हुलाक र इमेलमार्फत पठाएको छ ।
आइतबार जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र बुझाएको हो ।
‘सोमबार बिहान हामीले हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाएका छौ’, काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले जानकारी दिए ।
एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो । तर एमालेले भने काठमाडौँ महानगरका मेयर बालेन साहले एमालेमाथि राजनीतिक स्टन्ट बाजी गरेको प्रतिक्रिया दिदै आएका छन् ।