कीर्तिपुर, मंसिर २ गते । नेकपा (माओवादी केन्द्र)बाट मंसिर १६ गते हुने उपनिर्वाचनको लागि नगरप्रमुखमा प्राडा शिवशरण महर्जन, वडा नम्बर १ को लागि सरलगोपाल महर्जन र ४ को लागि इन्जिनियर नारायण विष्टले मनोनयन दर्ता गर्नुभएको छ ।
कीर्तिपुर पाँगादोबाटोबाट नेवारी सांस्कृतिक बाजागासहित माओवादी र जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्ताहरुको जुलुस देवढोकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेको हो ।
कीर्तिपुर नगरपालिकाको निर्वाचनको लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राजेन्द्र श्रेष्ठ र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी बीच कीर्तिपुर नगर र काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ मा चुनावी तालमेल भएको छ ।
मनोनयन दर्ता भएपछि नगरप्रमुखको उम्मेदवार प्राडा. शिवशरण महर्जनले संक्षिप्त प्रतिक्रिया दिनुहुँदै भ्रष्टाचारमुक्त कीर्तिपुर नगरमा सुशासनसहित समृद्धि ल्याउने बताउनुभयो ।
उहाँले कीर्तिपुर नगरपालिकालाई फोहोरमुक्त बनाउनको लागि निशुल्क फोहर संकलन गर्ने, खानेपानी र विद्युतको न्युनतम शुल्क मिनाह गर्दै स्ववासी र बेनिस्सा जग्गामा रहेका नगरबासीलाई लालपूर्जा वितरणको लागि प्रक्रिया बढाउने बताउनुभयो ।
प्राडा शिवशरण महर्जनका एजेन्डाहरु
१. स्ववासी बेनिस्साको समस्या यथासिघ्र समाधान गर्न ।
२. निःशुल्क फोहोरमैला संकलन गर्न ।
३. विद्युत र खानेपानी÷ढलको न्युनतम खपत शुल्क मिनाहा गर्न ।
४. घरघरमा खानेपानीको समानुपातिक वितरण तथा सुविधा विस्तार गर्न ।
५. सबै क्षेत्रमा कालोपत्रे सडक सञ्जाल विस्तार गरी यातायात सुलभ बनाउन ।
६. निःशुल्क स्वास्थ्य सेवासहित २५ श्यैयाको विष्णुदेवी अस्पताल बनाउने ।
७. स्थानीय उत्पादनलार्ई ब्राण्डिङ्ग गरी बजार व्यवस्थित गर्न ।
८. सम्पन्न हुन नसकेका खेल मैदानलार्ई यथासिघ्र निर्माण गरी प्रयोगमा ल्याउन ।
९. त्रि.विमा शिक्षण अस्पताल निर्माण गरी कीर्तिपुरवासीलार्ई सहुलियत सेवा दिन ।
१०. त्रि.विका निकायमा नगरवासीको रोजगारी निश्चित कोटा व्यवस्था गराउन ।
११. विद्युतीय तार तथा केवल लार्ईनलार्र्ई व्यवस्थित गर्न ।
१२. नगरका संवेदनशिल क्षेत्रमा सि.सि.टि.भी जडानसहित सुरक्षित शहर बनाउन ।
१३. कीर्तिपुरका सबै वडाका मुख्य क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न ।
१४. समृद्ध र सुशासनसहित भष्ट्राचारमुक्त कीर्तिपुर नगरपालिका बनाउन ।
१५. महिलाको लागि स्वरोजगार र आत्मनिर्भर विशेष परियोजना सञ्चालन गर्न ।
१६. प्राविधिक शिक्षा लागु गरी विद्यार्थीलार्र्ई स्वरोजगार र स्वाभलम्बी बनाउन ।
१७. पुष्पलालपार्क–चम्पादेवी हुँदै हेटौंडा जोड्ने पक्की बाटो निर्माण गर्न ।
१८. अपाङ्गता भएका व्यक्तिलार्र्ई पुनस्र्थापित गर्दै घर घरमा स्वास्थ्य सेवा दिन ।
१९. नगरका सबै भूगोलाई समानुपातिक विकास सुनिश्चित गर्न ।
२०. विकास निर्माण कार्यलार्र्ई सर्वपक्षीय र पारदर्शीरुपमा परिचालन गर्न ।
२१. चोभार (सुख्खा बन्दरगाह)देखि सतुगंलसम्म सडक निर्माण गर्न ।
२२. पर्यटन विकासका लागि सांस्कृतिक तथा जातीय सङ्ग्राहलय स्थापना गर्न ।
२३. कीर्तिपुर नगरपालिकालार्र्ई लागु औषध दुव्र्यसनमुक्त पालिका बनाउन ।
२४. कीर्तिपुरका युवा विद्यार्थीका लागि शैक्षिक ऋण सहज उपलब्ध गर्न ।
२५. सुचना प्रविधिमैत्री कीर्तिपुर निर्माण गरी युवालार्र्ई स्वरोजगारमुखी बनाउन ।
२६. कीर्तिपुरका राष्ट्रियस्तरका खेलाडीलार्र्ई मासिक भत्ता सुनिश्चित गर्न ।
२७. खेल क्षेत्रमा सबैको पहुँच सुनिश्चित गर्न नगर खेलकुद परिषद गठन गर्न ।
२८. चोभारमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हल बनाउन ।
२९. कीर्तिपुरलार्र्ई छुवाछुतमुक्त नगरसहित सुकुमवासी मुक्त क्षेत्र बनाउन ।
३०. कर शुल्क घटाउने र करको दायरा बढाउन ।
३१ त्रिवि कीर्तिपुर क्रिकेट मैदानमा युवा विद्यार्थीहरुलाई निशुल्क प्रवेश गराउन ।
३२. सहकारी पीडितहरुको बचत अभिलम्ब फिर्ता गराउन पहल गर्न ।
३३. सहकारी ऋण लगानी असुलीको लागि पहल गर्न ।
३४. कीर्तिपुरमा त्रिवि शिक्षण अस्पताल, आयुर्वेद शिक्षण अस्पताल र इन्जिनियरिगं अध्ययन संस्थानलाई विस्तार गर्न ।
३५ कीर्तिपुरका वाद्यवादक गुरुहरु र नाइकेहरुलाई मासिक भत्ता उपलब्ध गराउन ।
प्राडा शिवशरण महजर्नको व्यक्तित्व
व्यक्तिगत विवरण
नाम प्रा.डा. शिवशरण महर्जन
जन्ममिति वि.सं २०१३ जेठ १९ गते
बुबाको नाम पूर्णलाल महर्जन
स्थायी ठेगाना कीर्तिपुर १० ल्वोहं देग
फोन घर ४३३५९०५, मोबाईल नं ९८४१३३०४६६
ईमेल स् mबजबचवबलकक२नmबष्।िअयm
शैक्षिकस्तर
क्रम शैक्षिक तह शिक्षण संस्था साल शैक्षिक विषय
१ विद्यावारिधि पञ्जाव विश्वविद्यालय, भारत सन् २००१ विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम
२ स्नातकोत्तर विश्वविद्यालय क्याम्पस, त्रिवि सन् १९८८ स्वास्थ्य शिक्षा
३ स्नातकोत्तर विश्वविद्यालय क्याम्पस, त्रिवि सन् १९८५ पाठ्यक्रम विकास तथा मूल्याङ्कन
४ स्नातक विश्वविद्यालय क्याम्पस, त्रिवि सन् १९७९ स्वास्थ्य तथा शारीरिक शिक्षा
५ प्रविनता तह
प्राईभेट परीक्षा, त्रिवि सन् १९७७ नेपालभाषा
६ प्रविनता तह शिक्षा सानो ठिमी, क्याम्पस त्रिवि सन् १९७६ औद्योगिक शिक्षा
७ एसएलसी कीर्तिपुर मावि, कीर्तिपुर सन् १९९३ थप सफाई र शारीरिक गणित, भूगोल
प्राध्यापन अनुभव
प्रमुख केन्द्रीय शिक्षा विभाग, त्रि वि कीर्तिपुर २०६८ देखि २०७२
केन्द्रीय शिक्षा विभाग, त्रिवि कीर्तिपुर २०६१ देखि २०७६
महेन्द्र रत्न क्याम्पस, ताहाचल २०३८ देखि २०३९
सुर्खेत क्याम्पस, वीरेन्द्रनगर २०३६ देखि २०३८
पृथ्वीनारायण क्याम्पस, पोखरा २०४१ देखि २०४२
महेन्द्र रत्न क्याम्पस, ताहाचल २०४२ देखि २०६१
कीर्तिपुर माध्यमिक विद्यालय, कीर्तिपुर २०३३ देखि २०३४
जनसेवा माध्यमिक विद्यालय, पांगा, कीर्तिपुर २०३६ देखि २०३८
सामाजिक सेवामा सहभागिता
कीर्तिपुर बचत तथा ऋण सहकारी लिमिटेड संस्थापक अध्यक्ष
स्वास्थ्य शिक्षा परिषद नेपाल, पूर्व अध्यक्ष
मंगल बहुमुखी क्याम्पस पूर्व अध्यक्ष
मंगल माध्यमिक विद्यालय ब्यवस्थापन समिति, पूर्व अध्यक्ष
कीर्तिपुर यातायात कम्पनी लिमिटेड संस्थापक
नविन पुस्तकालय, कीर्तिपुरका संस्थापक, अध्यक्ष
जनसेवा चारपाटे क्लव, चिठू विहार कीर्तिपुर, पूर्व अध्यक्ष
सिम झवाःहिटी पाईपलाइन तथा नगाउँ भत्क्यापाटी सडक विस्तार आयोजना सल्लाहकार
शहीद स्मारक कलेज कीर्तिपुर, पूर्व कार्यकारी सदस्य
मानवअधिकार तथा सामाजिक रुपान्तरण, काठमाडाँै जिल्ला, पूर्वअध्यक्ष
चिठू विहार सामाजिक विकास केन्द्र, कीर्तिपुर, संस्थापक अध्यक्ष
नेवाः देय् गुठी, नेपालमण्डल, काठमाडौँ, पूर्व कार्यकारी सदस्य
जेष्ठ नागरिक सेवा समाज कीर्तिपुर, संस्थापक सदस्य तथा सल्लाहकार
कीर्तिपुर खेलकुद विकास समाज, सल्लाहकार
संयुक्त गाउँ विकास समिति, कीर्तिपुर सदस्य सचिव
चिठू विहार वाल सेवा केन्द्र, कीर्तिपुर अध्यक्ष
नागरिक सरोकार केन्द्र, कीर्तिपुर, संयोजक
समुदायमा आधारित विद्यालय सञ्जाल, काठमाडाँै पूर्व अध्यक्ष
अनुभव तथा अन्य क्रियाकलापहरू
सदस्य विश्वविद्यालय अनुदान आयोग २०६८ देखि २०७२
अध्यक्ष नोर्हेड क्वान्टिक परियोजनाको प्राविधिक कमिटीका सन् २०१३ देखि २०१५
अध्यक्ष स्वास्थ्य तथा शारीरिक शिक्षा विषय समिति, पाठ्यक्रम विकास केन्द्र सानोठिमी
अध्यक्ष स्वास्थ्य तथा शारीरिक शिक्षा शिक्षण समिति, महेन्द्र रत्न क्याम्पस २०४८ देखि ५४
प्राविधिक कमिटी सदस्य, लुपिक कोरिया, विशेष आवश्यक शैक्षिक आयोजना त्रिवि २०६५ देखि २०६८
अनुसन्धान समिति सदस्य, शिक्षा संकाय त्रिवि २०६८ देखि २०७२
अनुसन्धान लेखहरुका समालोचना समूहका सदस्य
सुर्खेत क्याम्पस, वीरेन्द्रनगर
बबई बहुमुखी क्याम्पस गुलरिया बर्दिया
गौरी शंकर बहुमुखी क्याम्पस, दोलखा,
मंगल बहुमुखी क्याम्पस, कीर्तिपुर
स्वास्थ्य अनुसन्धान कृति (हेल्थ प्रामोशन)का सम्पादक मण्डल सदस्य
संयोजक अभ्यास शिक्षण (विहानी संकाय) महेन्द्र रत्न क्याम्पस २०५९ देखि ६६
प्रमुख, स्ववियु निर्वाचन समिति महेन्द्र रत्न क्याम्पस ताहाचल
आजीवन सदस्यता
भारतीय शिक्षक प्रशिक्षण परिषद
अन्तर्राष्ट्रिय स्वास्थ्य प्रवर्धन तथा शिक्षा संगठन
दक्षिण पूर्वी एसियाली क्षेत्रीय वैश्विक स्वास्थ्य प्रवर्धन तथा शिक्षा समाज, बैङ्ग्लोर, भारत
स्वास्थ्य तथा शारीरिक शिक्षा फोरम, पृथ्वीनारायण क्याम्पस, पोखरा
हाल कार्यरत संस्थाहरु
अध्यक्ष उज्ज्वल शिशु निकेतन एकेडेमी, पाँगा, कीर्तिपुर
सञ्चालक कीर्ति महिला छात्रावास, कीर्तिपुर
सल्लाहकार मंगल बहुमुखी क्याम्पस, नयाँबजार, कीर्तिपुर
सल्लाहकार मंगल माध्यामिक विद्यालय, नयाँबजार, कीर्तिपुर
जित्ने आधारहरु
प्राडा. शिवशरण महर्जनले लामो समयसँग शैक्षिक, सामाजिक र सहकारी क्षेत्रमा योगदान दिएर सबैभन्दा लोकप्रिय उम्मेदवार हुनुहुन्छ ।
यस्तै विगतमा पार्टीप्रति निराश भएर बसेको कार्यकर्ताहरु वि.सं २०६४ सालमा जस्तै जुर्मुराएका छन् । विभिन्न टुक्रामा विभक्त माओवादी समूहहरु पुनः माओवादीमा एकताबद्ध भएका छन् ।
प्राडा शिवशरण महर्जनलाई जिताउनको लागि नेत्र विक्रम चन्द विप्लबको नेकपा, क्रान्तिकारी माओवादी पार्टीका कार्यकता र नेपाल समाजवादी पार्टीका कार्यकर्ताहरुले पनि सहयोग गर्ने भएका छन् ।
नेकपा (माओवादी पार्टी)बाहेक कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा नेपाली काँग्रेसबाट बागी उम्मेदवार पाँगाका युवा नेता कविकुमार महर्जन, नेकपा (एमाले)बाट बागी उम्मेदवार राजमान मानव र डा. नवरथ बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
काँग्रेसबाट राममान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर, राप्रपाबाट ध्रुब महर्जनलगायतले मनोनयन दर्ता गराउनुभएको छ ।