आज :

आत्मसमीक्षासहित जनताको घरघरमा पुग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आत्मसमीक्षासहित जनताको घर घरमा गएर प्रत्येक व्यक्तिलाई भेट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

बुधबार कीर्तिपुर  १ र ४ को वडा अध्यक्ष पदका लागि उम्मेद्वार घोषणा कार्यक्रममा बोल्दै उनले विगतका निर्वाचनमा सभामा गएर सम्बोधन मात्र गर्ने र जनताको आवश्यकतालाई ध्यान दिन नसक्ने जस्ता त्रुटी गरेको भन्दै जनताको मुक्तिका लागि नयाँ आन्दोलन सुरु गर्ने प्रतिवद्धतासहित जनतालाई भेट्न निर्देशन दिएका हुन् ।

‘हामीले सायद विगतका निर्वाचनमा कतिपय त्रुटी पनि गर्ने गरेका छौं । सबैलाई म आजैदखि ठूलो सभालाई सम्बोधन गरेर भन्दा जनतासँग भेटेर उहाँहरुको कुरा सुन्ने र आफ्ना प्रतिवद्धता बताउने काममा समय खर्च गर्नुहोला । यस्ता कार्यक्रम धेरै गरेर धेरै भोट आउने होइन,’उनले भने,‘त्यसैले विशेष रुपमा निर्देशन गर्न चाहन्छु । घर–घरमा जानुहोस्’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले जनताको आवश्यकतालाई ध्यान दिन नसकेकाे स्वीकार गर्दै अब बदलिने वाचा समेत गरे । प्रचण्डले भने, ‘हामीले धेरै कुरामा ध्यान दिन  सकेनौँ, हामी बदलिन चाहन्छौँ । नयाँ अभियान सुरु गर्न चाहन्छौँ, जनताको मुक्तिका लागि नयाँ आन्दोलन गर्छौँ हामीलाई अवसर दिनुस् भनेर आत्मसमीक्षासहित, प्रत्येक व्यक्तिलाई भेट्नुस् । त्यसरी मात्रै निर्वाचन प्रक्रियालाई सकारात्मक बनाउन सकिन्छ ।’

आफ्नो सरकारले जनताको पक्षमा, भ्रष्टाचारको विरुद्धमा,सुशासनका पक्षमा र सामाजिक आर्थिक विकासको पक्षमा सकरात्मक प्रयास गरेको दाबी गर्दै त्यो कुरा जनताले पनि राम्रोसँग मुल्याङ्कन गरेको प्रचण्डकाे भनाइ थियाे ।

प्रचण्डले भने, ‘पहिलाको सरकारले जनताको पक्षमा भ्रष्टाचारको विरुद्धमा,सुशासनको पक्षमा र सामाजिक आर्थिक विकासको पक्षमा सकारात्मक प्रयास गरेकै हो भन्ने कुरा जनताले बुझेको छ । र नयाँ सरकार फेरि किन बन्यो भन्ने कुरा पनि सरकारले बुझेको छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal