काठमाडौं । मौलिक सम्वत् नेपाल संवत् ११४५ न्हुँद धुम धाम संग मनाउन नासः पुजा गरिएको छ । न्हुँद समारोह समितिको आयोजनामा काठमाडौंको इतुम्बाःमा आज एक कार्यक्रमविच ‘नासः पुजा तथा प्रसाद ग्रहण कार्येक्रम गरिएको हो।
कार्यक्रममा न्हुँद समारोह समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ , पुर्व अध्क्षय् डा. नरेशमान बज्राचार्य, पुर्व मन्त्री अष्ट लक्ष्मी शाक्य , पुर्व महान्याया धिवक्ता मुक्ति प्रधान , पूर्वसांसद हितमान शाक्यले नेवा : समुदायका विभिन्न साँस्कृतिक बाजा समुहलाई केपु लःल्हायेगु ( निमन्त्रणा पत्र ) प्रदान गर्नु भयो।
यहि आउदो १७ गते कार्तिक शुक्ल प्रतिपदा शनिबार नेपालको मौलिक सम्वत् नेपाल सम्वत् नयाँ बर्ष ११४५ को अवसरमा साँस्कृतिक र्याली लगाएत कार्येक्रम हुदै छ। नेवार समुदायमा कुनै पनि शुभ-कार्यको पुर्व नास: (नात्श्वरि )को पुजा गरिने प्रचलन रहेको छ।