काठमाडौँ । कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएर अनुसन्धानमा रहेका रवि लामिछाने, छविलाल बन्जाडे जोशीसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ अनुमति दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले रवि, छविसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा छविसँग दुई दिन बयान लिएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धानका क्रममा पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले सोमबार बुटवल ल्याएको थियो ।
त्यसैगरी आजै कास्की अदालतले दुबै जनालाई थप ७ दिनको म्याद गरेको छ ।