आज :

‘एमालेले मिनबहादुरसँग लिएको जग्गा दानलाई विषयान्तर गर्न लामिछाने पक्राउ’

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा त्यही मुद्दामा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ ।

कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति निकालेर न्यायिक निकायको छानबिनलाई सघाउन सधैँ तयार रहेको तर राजनीतिक प्रतिशोध भने कदापि स्वीकार्य नहुने उल्लेख गरेका छन् ।

बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आमनागरिकको सहकारीमा डुबेको ८७ अर्ब रुपैयाँ अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल शुरू भएको समेत रास्वपाले आरोप लगाएको छ ।

गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाइडबडी जस्तो अर्बाैंको घोटालामा आपसी समझदारीमा एकअर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका रास्वपाको आरोप छ ।

रास्वपाका नेताहरुले नेकपा एमालेले विवादित व्यवसायी मिनबहादुर गुरुङसँग लिएको जग्गा दान लिएको बारे भइरहेको चर्को आलोचनालाई विषयान्तर गर्न लामिछानेलाई पक्राउ गरिएको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal