आज :

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक, के विषमा हुन्छ छलफल ?

  • अनलाइन डबली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्।

सरकारले बाढी पहिरोबाट भएको क्षति र पीडितको उद्दार राहतमा सरकारले गैरजिम्मेवारीपन प्रस्तुत गरेको भन्दै प्रचण्डले छलफल गर्न विपक्षी दलहरुको बैठक बोलाएका हुन् ।

प्रचण्डको सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बोलाइएको छ ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा पनि नेताहरुबीच छलफल हुने बताइएको छ ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाललगायतलाई बोलाइएको छ।

सरकारले बाढी पहिरो पीडितको उद्दार, राहत र पुर्ननिर्माणमा औपचारिकता पूरा गर्ने कार्य मात्रै गरेको भन्दै विपक्षी दलहरुले विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal