आज :

हमासका प्रमुख सिनवार इजरायली हमलामा मृत्यु भएको पुष्टि, को हुन् सिनवार ?

  • अनलाइन डबली

काठमाडौँ । इजरायली हमलामा परी हमासका प्रमुख याह्या सिनवारको मृत्यु भएको पुष्टि भएको छ । स्माइल हानियालाई इजरायलले इरानमै हमला गरी हत्या गरेको थियो । त्यसपछि सिनवारले हमासको राजनीतिक प्रमुखको जिम्मेवारी समालेका थिए ।
गाजामै रहेर इजरायलविरुद्ध युद्ध लडिरहेका सिनवारको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट मृत्यु भएको पुष्टि भएको हो ।

इजरायली सेनाले बिहीबार विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि बुधबार इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको थियो ।

सिनवारलाई गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली आरोप छ।

यसैबीच इजरायली विदेशमन्त्री इजरायल काट्जले इजरायली सेनाको आक्रमणमा परी सिनवार मारिएको पुष्टि गरे । उनले यसलाई महत्वपूर्ण शैन्य उपलब्धिकोरुपमा समेत व्याख्या गरेका छन् ।

को हुन् त सिनवार ?
सिनवार हमासमा राजनीतिक रुपमा निकै चतुर नेताको रुपमा परिचय बनाएका थिए । उनी पछिल्लो दशकयता हमासको शीर्षस्थ नेतृत्वमा रहेर काम गर्दै आएका थिए । इजरायलसँगको द्वन्द्वका क्रममा गत जुलाईमा हमासका तत्कालीन प्रमुख इस्माइल हानिया मारिएपछि हमासले सिनवारलाई समूहको प्रमुख नेताकोरुपमा चयन गरेको थियो । सन् २०२३ अक्टोबर ७ देखि हमास इजरायली सेनासँग लड्दै आएको छ ।

सिनवार पहिलोपटक सन् २०१३ मा हमासको पोलिटब्युरोमा निर्वाचित भएका थिए। त्यसको चार वर्षपछि उनी गाजा क्षेत्रको नेता भए। समयक्रममा हमासभित्र सिनवारको प्रभाव र कद बढ्दै जाँदा उनी हमासको प्रमुख समेत भए । त्यसयता उनी इजरायली सुरक्षा अधिकारीको निसानामा थिए ।

हमासको राजनीतिक प्रमुख भएपनि सिनवारले गाजा क्षेत्रका सुरुङबाट काम गरिरहेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal