काठमाडौँ । मुख्य तीन दलबीच सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटीबारे निर्णय गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र, सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीचको बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे छलफल भएको थियो ।
बैठकमा गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्तिबहादुर बस्नेत र महान्याधिवक्ता रमेश वडाल सहभागी रहेका थिए ।