आज :

पशुपति विकास कोषले भन्याे- धर्मशालामा मारवाडीले मोहियानी हक पाउँदैनन्

  • अनलाइन डबली

काठमाडौं । पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच विवाद चर्किएको छ । विवादबारे कोषले पशुपति धर्मशालामा समितिलाई मोहियानी हक पाउने कुनै प्रमाण नभएको दाबी गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै समितिलाई मोहियानी हक पाउने कुनै आधार र  प्रमाण नभएको कोषले स्पष्ट पारेको हो ।

मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशालामा मोहियानी हकका लागि दावी गरेपछि कोषले कोषले यसबारेमा आम जनसमुदायमा यथार्थ जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन गरेको हो ।

नौं रोपनी भन्दा बढी जग्गामासेवा समितिले भोगचलन गर्नका लागि गिद्दे नजर लगाएको कोषले आरोप लगाएको छ । पत्रकार सम्मेलनमा कोषका पदाधिकारीहरुले पत्रिकामा विज्ञापन प्रकाशित गर्ने र शक्तिकेन्द्रमा धाएर मोही कायम हुन नसक्ने दावी समेत गरेका छन् ।

काठमाडौं जिल्ला अदालतले केही दिनअघि मात्रै कोष र समितिबीचको गौशाला धर्मशाला सञ्चानसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०८० साल साउन १७ गते मारवाडी सेवा समितिसँग भएको सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको रिटमा अदालतले दावी नपुग्ने फैसला गरेको थियो । तर, उनीहरूले धर्मशाला खाली गर्न मानेका छैनन् ।

मारवाडीसँग भएको सम्झौता रद्ध भएपछि  महानगर र पशुपति क्षेत्र विकास कोषबीच गौशाला धर्मशाला सञ्चालन गर्नेबारे सम्झौता भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal