आज :

दशैं बिदा सकिएपनि सुनसान छ सिंहदरबार

  • अनलाइन डबली

काठमाडौं । वडादशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालयहरु खुलेका छन् । तर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान नै छ ।

नेपाल न्यूज बैंकको टीम मंगलबार विहान ११ बजे सिंहदरबार छिर्दा मन्त्रालयमा छिटपुट्ट मात्र कर्मचारीहरु भेटिए । सिंहदरबारभित्रका सडकहरुमा न्यून मात्रामा सवारी साधन गुडेको देखिन्थ्यो । मन्त्रीका गाडीहरु हुइँकिएपनि कर्मचारीहरुको उपस्थिति न्यून थियो ।

फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका मन्त्रालयका ढोका खुलेपनि सबै मन्त्रालयका शाखा वा महाशाखाका कार्यकक्षमा कर्मचारीको उपस्थिति न्यून देखिन्थ्यो ।

मानिसहरुको आवतजावत भने बाक्लिएको छ । टाढा घर भएका कर्मचारीहरु काठमाडौं आइ नपुगेकाले मन्त्रालयहरु सुनसान रहेको कर्मचारीहरुले बताए ।

तर दशैँमा गाउँ गएकाहरु फर्कन थालेसँगै शहर बजार र सडकमा भने भीडभाड बढेको छ । आवतजावतका लागि सडकहरु असहज भएकाले केही असजिलो भएको छ । दशैंको मुखमा प्राकृतिक विपत्तिका कारण धेरै राजमार्ग एवम सडकहरु पूर्ण रुपले संचालनमा आइसकेका छैनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal